राष्ट्रपति भण्डारीद्धारा जितिया पर्वकाे अवसर शुभकामना

864
  •  
  •  
  •  

काठमाडौं, १६ असाेज (ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्व मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक रहेको बताएकी छन्। राष्ट्रपति भण्डारीले विविधताबिच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न चाडपर्वले ठुलाे भूमिका खेलेकाे बताइन्।

जितिया पर्वका अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश दिनुहुँदै बहुजाती, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मूल्य र मान्यतासहित संस्कृति, कला, वेषभूषा, गीत सङ्गीतलाई संरक्षण गर्ने कुरा नै हाम्रो मौलिकता बनेको बताइन्।

राष्ट्रपति भण्डारीले नेपाली महिलाले पारिवारिक सुख, खुसीयाली र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाइने सांस्कृतिक यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धि कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गरिन्।


  •  
  •  
  •