काठमाडौं, ११ कात्तिक (ओएनएस) : हाइवे टु धम्पुसुले अमेरिकामा आयोजित हर्टल्याण्ड फिल्म फेस्टिभलमा ‘बेष्ट युएस प्रिमियर अवार्ड’ जितेको छ ।
राजबल्लभ कोइरालाको अभिनय रहेको फिल्मले शनिबार स्टयाण्डिङ ओभेसनु सहित ‘बेस्ट युएस प्रिमियर अवार्ड’ जितेको हो । फिल्मको सफलताले नेपाल चिनाउन मद्धत पुग्ने विश्वास अभिनेता कोइरालाको विश्वास छ । फिल्मले नेपाली संस्कृतिसँगै नेपालको सौन्दर्य पनि देखाएको छ ।
हर्टल्याण्ड फिल्म फेस्टिभल अमेरिकाको प्रतिष्ठित अवार्ड हो । यो फेस्टिभलमा छोटा फिल्मको विधामा उत्कृष्ट हुने फिल्मले ओस्कारको छोटा फिल्मको अन्तिम पाँचको प्रतिस्पर्धामा सिधै प्रवेश पाउने प्रावधान छ ।
‘हाइवे टु धम्पुसु’ मा बिग्रिएकी ब्रिटिश राजकुमारी नेपाल भ्रमणमा आएपछि उसको जीवनमा आउने परिवर्तनलाई मुख्य विषय बनाईएको छ । फिल्ममा राजबल्लभले पाइलटको भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा सुयशा राना, देशभक्त खनाल, सायुस गुरुङ बज्राचार्य, सुनिल श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । रिक म्याकफारलान्डको लेखन तथा निर्देशन रहेको सो फिल्मको रिलिज मिति भने सार्वजनिक गरिएको छैन ।