वेस्ट रेमिट चौथो वर्षमा

668
  •  
  •  
  •  

काठमाडौं, २५ पुस (ओएनएस)  :  वेस्ट रेमिट नेपाल प्रा. लि स्थापनाको चौथो वर्षमा प्रवेश गरेको छ । कम्पनीले विगत ३ बर्षदेखि विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्र्याई सेवा प्रदान गर्दै आएको छ ।

गैरआवासिय नेपालीहरुको सामूहिक लागनीमा संचालिन रेमिटले जापान, वेलायत, हङकङ, अष्ट्रेलिया, यूएई, तथा मलेसियाबाट रेमिट्यान्स सम्झौता गरि करोबार गरिरहेको छ । रेमिटले माछापुच्छ्रे बैंकसँग सहकार्य गरी आन्तरित विप्रेरणको कारोबार समेत गरिरहेको छ ।

वेस्ट रेमिले तत्काल कोरियाबाट सिटिजन बैंक एवं एभरेष्ट बैंकसँग रेमिट्यान्स सम्झौता गरी करोबार सुरु गरेको छ । रेमिटले देशका बिभिन्न बैंक तथा सहकारीसँग सहकार्य गरी ७५ वटै जिल्लामा २५ सय भन्दा बढि काउन्टरबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।


  •  
  •  
  •