फ्रान्सका बेन्जिमा विश्वकपमा उत्कृष्ट, मेस्सी टप १० मा परेनन्

255
  •  
  •  
  •  

काठमाडौं, २४ असार (एजेन्सी) – क्वाटरफाइनलबाटै बाहिरिएको फ्रान्सका स्ट्राइकर करिम बेन्जिमा फिफा अफिसियल प्लेयर इन्डेक्सकाृ भने शीर्ष स्थानमा परेका छन् । विश्वकपको पछिल्लो तीन खेलमा गोल गर्न नसकेको उनले हालसम्मका सर्वाधिक गोलकर्ता जेम्स रोड्रिगगेज, नेयमार र लिओनल मेस्सीलाई समेत  पछि पारेका छन् ।

फिफाले विश्वकप खेल्ने प्रत्येक खेलाडीको डाटा क्याप्चर गर्न क्यास्ट्रोल इन्डेक्सले फिफा ट्रयाकिङ टेक्नोलोजी प्रयोग गरेको छ । जललाई पर्फमेन्स एनलिस्टको टिमले अध्ययन गर्छ । खेलाडीहरुले मैदानमा गरेको पास, ट्याकल र मुभलाई तथा पासले सकारात्मक वा नकारात्मक कुन रिजल्ट दियो भनेर अध्ययन गरिन्छ । बेन्जिमाले आफनो पहिलो खेलमा होन्डुरसबिरुद्ध २ गोल गरेका थिए ।

रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने उनले स्विट्जरल्याण्डबिरुद्ध पनि एक गोल गरेका थिए ।
यस्तो छ टप टेनको सुची
करिम बेन्जिमा (फ्रान्स)
जेम्स रोड्रिग्वेज (कोलम्बिया)
राफाएल भरान (फ्रान्स)
थिएगो सिल्भा (ब्राजिल)
म्याट्स हमल्स (जर्मनी)
आर्जेन रोबिन (नेदरल्याण्ड)
डेभिड लुइज (ब्राजिल)
नेयमार (ब्राजिल)
स्टेफान डी भ्रेइ (नेदरल्याण्ड)
यान भटोङगेन (बेल्जियम)

अर्जेन्टिनाका स्टाइकर लियोनल मेस्सी भने १३ औँ स्थानमा छन् ।


  •  
  •  
  •