विदेशी मुद्राको विनिमयदर

433
  •  
  •  
  •  

काठमाडौं, १९ मंसिर (ओएनएस) । नेपाल राष्ट्र बैंकले बुधबारको एक अमेरीकी डलरको खरिद मूल्य १ सय १२ रुपैयाँ ४९ पैसा तोकेको छ भने बिक्रि मूल्य १ सय १३ रुपैयाँ ९ पैसा तोकेको छ । एक युरोको खरिददर १ सय २८ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १ सय २८ रुपैयाँ ९० पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४४ रुपैयाँ १५ पैसा र बिक्रिदर १ सय ४४ रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३ सय ७० रुपैयाँ १० पैसा र बिक्रिदर ३ सय ७२ रुपैयाँ ७ पैसा रहेको छ ।


  •  
  •  
  •