टिका किन लगाउने ? थाहा पाउनुस् यस्ता ७ फाईदा…

706
  •  
  •  
  •  

tikaकहिलेकाँही हामी मन्दिर जान्छौ, घरमा पुजाआजामा सहभागी हुन्छौ र टिका लगाउने गर्छौ । तर, हामीले टिका किन लगाउँछौ र टिका लगाउँदा के-के फाइदा हुन्छ भन्ने ज्ञान सायदै होला । हामीमध्ये कमैले मात्र टिका लगाउँदा के हुन्छ होला र किन लगाउने गर्छौ भन्ने प्रश्न आफ्नो मनमा ल्याएका छौ होला ।

टिका लगाउनाले हामीलाई फाइदा नै पुग्छ । टीका लगाउनुका पछाडि आध्यात्मिक भावनाको साथ-साथै अन्य फाइदाको कामना पनि हुने गर्छ भने वैज्ञानिक आधारहरू पनि रहेका छन् ।

थाहा पाऔ टिका लगाउँदा के-कस्ता फाइदा हुन्छः-

– टिका लगाउनाले व्यक्तित्व प्रभावशाली हुने गर्छ । टिका लगाउनाले मनोविज्ञानमा समेत असर गर्छ, यसले मानिसमा आत्मविश्वास र आत्मबल दिने गर्छ ।

– निधारमा नियमित रूपले टिका लगाउनाले शान्ति र आनन्दको अनुभव हुन्छ भने मानसिक बिमारीहरूबाट समेत जोगाउने गर्छ ।

– मष्तिष्कमा सेराटोनिन र बीटा एण्डोर्फिनको सञ्चारलाई सन्तुलित गर्न मद्धत गर्छ, जसले उदासपनलाई हटाउँछ भने मनमा उत्साह जगाउन मद्धत गर्छ । यो उत्साहले मानिसलाई राम्रो कामतर्फ प्रेरित गर्छ ।

– यसले टाउको दुखाईको समस्यालाई समेत कम गर्छ ।

– बेसारसहितको टिका लगाउनाले छाला शुद्ध हुन्छ । बेसारमा एण्टी ब्याक्टेरियल तत्व हुन्छ, जसले रोगबाट मुक्त गराउनसमेत सहयोग गर्छ ।

– धार्मिक मान्यताका अनुसार चन्दनको टिका लगाउनाले मानिसको पाप नाश हुन्छ । मानिसहरू विभिन्न संकटबाट बच्न सक्छन् । ज्योतिष शास्त्रका अनुसार, टिका लगाउनाले ग्रह शान्ति पनि हुने गर्छ ।

– चन्दनको टिका लगाउनेहेूको घर अन्न र धनले भरिभराउ हुन्छ र सौभाग्यमा पनि बृद्धी हुन्छ ।


  •  
  •  
  •