चिया खाने मात्र होइन यसरी प्रयोग गर्नुस्, फाईदै फाइदा

477
  •  
  •  
  •  

green-tea-benefitsचिया प्राय सबैको मनपर्ने चीज हो । प्रायः मानिसले आफ्नो दिनको सुरूवात गर्ने गर्छन् भने दिउसो पनि बेला-बेलामा चियाको चुस्की लिन बिर्सदैनन् । तर, यति मन पराएर प्रयोग गरिने चियाका फाइदाहरूबारे भने निकै कमलाई मात्र जानकारी छ । चियाले मानिसलाई स्फूर्ती दिनुका साथै अन्य विभीन्न फाइदा दिने गर्छ । थाहा पाऔ चियाले दिने फाइदाहरूः

कपालको चमकताः ग्रिन टी को प्रयोगले कपालमा चमकता प्रदान गर्छ । ग्रीन टी बनाउने क्रममा यसलाई अक्सिडाइज गरिदैन, जसले यसको पत्तिमा इलेक्ट्रोनको संख्या बढि हुन्छ । तीनै इलेक्ट्रोनका कारण कपालमा चमकता थपिने गर्छ ।
यसका लागि ग्रीन टीको तिन ब्याग, एक जग पानीमा हाल्ने र चिसो हुनका लागि छाड्ने । चिसो भएपछि टी ब्यागबाट निकाल्ने र उक्त पानीले कपाल धुने । १० मिनेटपछि कपालमा कण्डिसनर लगाउने, यसले कपालमा चमकता दिने काम गर्छ । यसै तरिकाले कपाललाई कालो पनि बनाउन सकिन्छ, यसका लागि ग्रीन टीको ठाऊँमा कालो चियाको पत्ति प्रयोग गर्नुपर्ने हुन्छ ।

आँखा सुन्दर बनाउनः आँखामा केही समस्या छ भने दुई वटा टी ब्यागले उक्त समस्या हल गर्न सक्छ । स्ट्रेस, एलर्जी, रक्सी पिउनाले र हर्मोन परिवर्तनका लागि आँखामा समस्या देखिन सक्छ । तर, चियामा रहने क्याफिनले आँखालाई फाइदा गर्छ । यसका लागि प्रयोग गरिएको दुई वटा टि ब्यागलाई आँखा चिम्म गरेर त्यसको माथि १० मिनेटसम्म राखेर हटाउने । यसले आँखालाई फ्रेस बनाउँछ ।

कार्पेट सफा गर्नः घरको कार्पेट फोहोर भयो भने चियाको प्रयोगले सफा गर्न सकिन्छ । चियाको केही मात्रालाई कार्पेटमा छर्ने र थोरै थोरै पानी हालेर चलाउने । त्यसपछि कार्पेटलाई १५ मिनेटसम्म त्यतिकै छाड्ने र त्यो चिया पत्ती फाल्ने ।

सूर्यको प्रकाशबाट बच्नः लामो समय घामा बसेमा छाला डढ्ने समस्या हुन्छ र अनुहारमा घामले डढाएको प्रष्ट देखिन्छ । यस्तोमा चिसो टी-ब्याग लिने र जुन ठाऊँको छाला जलेको छ त्यहाँ १० मिनेटसम्म राख्ने यसले तुरून्त असर देखाउँछ ।

सुईको दुखाई कम गर्नः यदी छाला कडा छ भने इन्जेक्सन लगाउनु अघि इन्जेक्सन लगाउने ठाऊँमा चिसो टी ब्याग राख्ने । केही बेर राखेपछि छाला निकै मुलायम हुन्छ र इन्जेक्सन लगाउँदा कुनै दुखाई हुँदैन । साथै कुनै पनि प्रकारको इन्फेक्सन हुँदैन ।

खुट्टाको गन्ध हटाउनः दिनभर काम गरेपछि यदी खुट्टामा केही गन्ध आउँछ या छालामा केही समस्या हुने गर्छ भने यसका लागि महंगो स्प्रेमा पैसा खर्च गर्नुको साटो मनतातो पानीमा टी ब्याग राख्ने र हल्का चिसो भएपछि खूट्टा त्यो पानीमा डुबाउने । यसले पसिनाको गन्ध हट्छ, खुट्टा पनि कमलो हुन्छ ।


  •  
  •  
  •