कटहर किन खाने  ?

1289
  •  
  •  
  •  

हामी मनलाग्दी खान्छौ अनी बिरामी पर्छाै । रोग लागेपछि प्रशस्त औषधी खान तयार हुन्छौ । सिजनसँगै पाइने फलफूलमा रुचि बढाउन सके शरिरलाई रोगरहित बनाउन सकिन्छ । औषधीय गुण भएको यो फल सेवन गर्न सके निम्न रोगबाट छुटकारा पाउन सकिन्छ ।

कटहरको पात अल्सरको उपचारका लागि बरदान साबित भएको छ । ताजा पातलाई धोएर सुकाउने र धुलो बनाउने । समय अनुसार पानीसँग यसलाई सेवन गर्नाले चाडैँ नै रोगबाट मुक्ति पाउन सकिन्छ ।

कटहरको आयूर्वेदिक महत्वकाबारेमा अहमदाबाद स्थित हर्वल डा. दीपक आचार्य विगत १५ बर्षदेखि अध्ययनमा जुटेका छन् ।

खानालाई पचाउन मदतगार साबित — पाकेको कटहरको गुदीलाई पानीमा उमाल्ने र चिसो बनाएर पिउनाले स्फूर्ती बढ्ने गर्छ । साथमा यदि अपचको समस्या छ भने फाइदा गर्छ ।

अनुहारको छालालाई नरम बनाउन — जसको अनुहारको छालामा चमक छैन, उसले कटहरको प्रयोग गर्नाले छालाको चमक बढ्छ । कटहरको पातलाई चवाएर रस निल्नाले छालासम्बन्धि अधिकांश रोगमा फाइदा हुनेछ ।


  •  
  •  
  •