बासी भात,  फाइदा पनि छन्

862
  •  
  •  
  •  

Leftover-Riceहामी सकेसम्म बासी भात खाँदैनौ । बासी भात सकेसम्म कुनै जनावरलाई दिने या फ्याँकिदिने गर्छौँ । तर, बासी भातले पनि फाइदा गर्छ भन्दा हामी पक्कै पनि छक्क पर्छौँ र यदी खाना बासी भएपनि फाल्दैनौँ ।

राती खाना बच्यो भने पहिले त्यसलाई माटोको भाँडामा भिजाएर राख्ने र बिहानसम्म चामल फर्मेन्ट हुन्छ । उक्त बासी चामललाई काँचो प्याजसँग बिहान ब्रेकफास्टमा खानाले फाइदा गर्छ । बासी भातका केही फाइदाहरू यस्ता छन् :

– बासी खाना चिसो हुन्छ । यो खाना खाने गरे शरीरको तापक्रम सन्तुलित हुन्छ ।

– चामलमा हुने फाइबरले कब्जियतको समस्याबाट छुटकारा पाउन फाइदा पुर्‍याउँछ ।

– बासी खाना खानाले दिनभर फ्रेस बनाउँछ र दिनभर काम गर्नका लागि उर्जा समेत प्रदान गर्छ ।

– यदी अल्सरको समस्या छ भने सातामा तीन पटक बासी भात खानाले घाऊ ठिक हुने बताइन्छ ।

– यदी कसैलाई चिया या कफीको तल छुटाउनु छ भने बिहान उठेर चामल खानाले यो तल केही दिनमा नै हट्छ ।

एक अध्ययनका अनुसार बासी चामलमा माइक्रो-न्युट्रिएन्टस् र केही आवश्यक तत्व हुन्छन् । यस्तोमा बिहान बासी खाना खानु फाइदाजनक हुन्छ ।


  •  
  •  
  •