लामखुट्टे धपाउने सुन्तला

262
  •  
  •  
  •  

orangeकाठमाडौ/चैत : गर्मीमा प्यास मेट्नका लागि विभिन्न पेय पदार्थको प्रयोग गर्छौ । कसैले सोडा त कसैले अन्य पेय पदार्थ(जस्तै कोकाकोला, पेप्सी, ड्यु आदी) प्रयोग गर्ने गर्छन् । तर, यी पदार्थले गर्ने बेफाइदाका बारेमा हामीमध्ये निकै कमलाई मात्र थाहा होला ।

तर, हामीले गर्मीमा सुन्तलाको प्रयोग गर्न सके यसले ती पेय पदार्थले गर्ने काम गर्नेमात्र होइन स्वास्थ्यलाई पनि निकै फाइदा गर्छ । सुन्तलाको प्रयोगले मानिसको शरिरमा पानीको मात्रालाई पनि पुरा गर्छ भने विभिन्न संक्रमणबाट पनि जोगाउन मद्धत गर्छ । यसको सेवनले कुनै साइट इफेक्ट पनि हुँदैन ।सुन्तलाको जुस या छोडाएर केस्रा-केस्रा बनाएर समेत खान सकिन्छ ।

सुन्तलाका केही फाइदाहरू जानी राखौः

लामखुट्टे भगाउनः सुन्तलाको बोक्रालाई सुकाएर त्यसलाई कोइलामा राखेर बालिदिनाले लामखुट्टे भाग्छन् ।
छालाको सफाइका लागिः राती सुत्नुअघि सुन्तलाको २ चम्चा रस, २ चम्चा मह मिलाएर २० मिनेटसम्म लगाउने र त्यसपछि सफा कपासलाई दुधमा डुबाएर अनुहार सफा गर्नुपर्छ । दैनिक यस्तो गर्नाले चाँडै यसको परिणाम देखिन्छ ।
लू बाट बच्नका लागिः गर्मीमा लू लागेको अवस्थामा ४ पटक सन्तुलाको रस पिउनु निकै फाइदाजनक हुन्छ । घमौराको उपचारका लागि सुन्तलाको बोक्रालाई छायाँमा सुकाएर पाउडर बनाउने र यसमा केही तुलसीको पानी र गुलाबजल मिसाएर शरिरमा लगाउँछन् । यस्तो गर्नाले निकै चाँडो आराम मिल्छ ।
अल्सरको उपचारका लागिः खाना खाएपछि आधा गिलास सुन्तलाको रस दैनिक रूपमा खाने गरे अल्सरको समस्याबाट मुक्ति पाइन्छ । छायाँमा सुकाएको सुन्तलाको बोक्रालाई पिसेर घ्युको साथमा बराबर मात्रामा मिसाउने र १-१ चम्चा दिनमा ३ पटक पिउनाले पनि फाइदा गर्छ ।
इन्टेस्टाइन रोगबाट छुटकाराः सुन्तलाको रसलाई तताएर त्यसमा कालो नुन र सुकेको अदुवाको धुलो मिसाएर प्रयोग गर्नाले अपच र पेट सम्बन्धी रोगहरूबाट छुटकारा पाउन सकिन्छ ।
जुत्ताको गन्ध हटाउन : सुन्तलाको बोक्रालाई राती जु्तामा राख्ने र बिहान फ्याकेर जुत्ता लगाउने गरे जुत्ताबाट आउने दुर्घन्ध हट्छ ।
खुट्टा गन्हाउने समस्याबाट मुक्तिः खुट्टाबाट गन्ध आउँछ भने यसको समाधानको लागी पनि सुन्तलाको बोक्रा फाइदाजनक हुन्छ । सुन्तलाकोताजा वा सुकेको बोक्रालाई २ लिटर पानीमा उमालेर त्यसमा खुट्टा डुबाएर २-४ मिनेटसम्म राख्ने र निकालेर तौलियाले पुछ्ने । हप्तामा २-३ पटक गरे चाँडै नै समस्याबाट मुक्ति पाइन्छ ।
छाला गोरो बनाउनः सुन्तलाको बोक्रा सुकाएर पिसेर मसिनो बनाउने । ३ चम्चा पाउडर र ३ चम्चा दही राम्रोसँग घोल्ने र त्यसलाई अनुहारमा लगाएर सुक्न दिने । करीब १५ देखी २० मिनेटसम्म राखेपछि जब यो सुक्छ, हातले बिस्तारै रगडेर यसलाई अनुहारबाट फ्याँक्ने र सफा पानीले मुख धुने । तौलियाले अनुहार सफा गरेर मोस्चराइजिंग क्रिम लगाउने । दैनिक नुहाउनु अगाडि १५ दिनसम्म यस्तो गर्नाले छाला गोहो हुन्छ ।


  •  
  •  
  •