बदाम : मात्र ८ फाइदा…

1454
  •  
  •  
  •  

almondनयाँ सोधका अनुसार, नियमित रूपमा बदाम खाने मानिस लामो समय जिउने गर्छन् । यस सोधमा भनिएको छ, दैनिक एक मुठ्ठी बदाम खाने मानिसको मृत्युदर २० प्रतिशत सम्म कम हुन्छ । न्यु जर्नल अफ मेडिसिनमा प्रकाशित शोधका अनुसार, नियमित बदाम खानाले सबैभन्दा बढी फाइदा हुने गर्छ ।

थाहा पाऔ बदामका केही फाइदा तथा गुणहरू…

१.      हामीले प्राय बदामको बाहिरी भाग फालेर खाने गर्छौ, तर अनुसन्धानका अनुसार बदामको बाहिरी भाग नफाली खानु पर्छ । सकेसम्म बदामको प्रयोग खाली पेटमा गर्नुपर्छ । यसले शरीरको प्रतिरोधक क्षमतामा बृद्धी गर्छ । यदी बदामको सेवन दैनिक गरिए, दिनभर शक्ति र उर्जा दिन्छ ।

२.      बदामको यस्तो पोषक तत्व पाइन्छ, जसले स्मरण शक्ति बढाउन र मष्तिष्कको विकासको लागि फाइदाजनक हुन्छ । बदाम बढिरहेका बच्चाहरूका लागि निकै लाभदायक हुन्छ । बदाममा मोनो स्याचुरेटेड बोसो-प्रोटिन र पोटासियम हुन्छ, जुन मष्तिष्ककोलागि निकै फाइदाजनक हुन्छ । यसमा म्याग्नेसियम पनि हुन्छ, जसले हृदय घात रोक्न समेत मद्धर गर्छ ।

३.      नयाँ शोधका अनुसार, बदाम खानाले शरिरको भाइरस संक्रमण तथा फ्लूसँग लड्न मद्धत गर्छ । इटालीमा मेस्सिनाको इन्टिट्युट अफ रिसर्च एण्ड पोलिक्लिनिक युनिभरसिटीमा कार्यरत वैज्ञानिकले यस्तो खोज गरेका हुन् । उनीहरूले बदामको बाहिरी भागमा प्राकृतिक रूपमा नै रोग प्रतिरोधी क्षमताको विकास गर्ने रसायन पाइन्छ । बदामको बाहिरी भाग खानाले सेतो रक्त कोषिकाको बृद्धी हुन्छ ।

४.      इन्टरनेशनल जर्नल अफ ओबेसिटी एण्ड रिलेटेड मेटाबोलिज्म डिसअर्डर्समा प्रकाशित एक स्टडीमा अधीक तौल भएका ६५ जना वयस्कहरूलाई सहभागी गराईएको थियो । यसबाट प्राप्त परिणामका अनुसार बदाम युक्त कम क्यालोरी भएको भोजनले मोटोपन घटाउन मद्धत गर्छ ।

५.      बदाम एलडीएल कोलस्टोरेललाई कम गर्छ । यसमा रहेको मोनोस्याचुरेटेड फ्याट मुटुको बिमारीलाई कम गर्नमा सहायक हुन्छ । ब्रिटिश जर्नल अफ न्युट्रिशनमा प्रकाशित एक अध्ययनका अनुसार बदाममा रहेको भिटामिन ई, के एण्टी-अक्सिडेन्ट गुणका कारण यसको सेवनले एलडिएल कोलेस्टेरोलको स्तर घट्छ र मुटुको रोग हुने खतरा कम हुन्छ ।

६.      यो रगतमा रहेको शर्कराको मात्रालाई कम गर्छ । क्लिनिकल सोधका अनुसार बदाम खानाले खानापछि बढ्ने सुगर(मधुमेह) को मात्रामा कमी आउँछ । साथै मधुमेह र मुटुको रोगको उपचारमा मद्धत गर्छ । मधुमेहले ग्रस्त मानिसले दैनिक २-३ बदाम खान सक्छन् ।

७.      बदाममा प्रोटीनको मात्रा अधिक हुन्छ । यसमा एक-चौथाई कपमा ७.६२ ग्राम प्रोटिन हुन्छ, जबकी एउटा अण्डामा मात्र ५.५४ ग्राम प्रोटिन पाइन्छ, जुन अनिवार्य अमिनो इसिड्समध्ये तेस्रो आवश्यक अमिनो एसिड हो ।

८.      अमेरिकाको कृषि विभागमा खाद्य वैज्ञानिकहरूले हालै एउटा नयाँ खोज प्रकाशित गरेका छन् । खोजका अनुसार पहिलाको सोधको तुलनामा अव बदाममा २० प्रतिशत कम क्यालोरी पाइएको छ । भरपूर पोषक शक्तिको बाबजुत बदाममा अन्य प्रोटिनको स्रोतको तुलनामा कम क्यालोरी हुन्छ ।


  •  
  •  
  •