२ चरमपन्थी मारिएपछि बेल्जियममा हाई अलर्ट

422
  •  
  •  
  •  

eric_van_der_sypt_belgiumकाठमाडौ, २ माघ(एजेन्सी) :  पूर्वी बेल्जियमको वेरविए शहरमा प्रहरीको चरमपन्थी विरोधी अभियानमा दुई संदिग्ध चरमपन्थि मारिएपछि देशभर हाइ अलर्ट जारी गरिएको छ ।

यो अभियानका क्रममा घाइते भएका एक व्यक्तिलाई पक्राउ गरेको छ । अधिकारीहरूका अनुसार यस अभियानमा निशाना बनाइएकाहरू सीरियाबाट फर्किएका संदिग्ध जिहादी हुन् र उनीहरूले प्रहरीमाथी हमला गर्ने योजना बनाएका थिए ।

ब्रसेल्सको उक्त क्षेत्रमा रातभर खोजतलास अभियान जारी राखेको थियो । संघीय अभियोजक कार्यालयका प्रवक्ता एरिक वानडर सिफ्टले पत्रकारहरूहरूलाई यो मुठभेडपछि चरमपन्थी हमलाको खतरा बढेको बताएका छन् ।

उनले भने, ‘संदिग्धहरूले प्रहरीलाई देख्ने बित्तिकै गोली चलाउन सूरू गरेका छन् । उनीहरूको साथमा अत्याधुनिक हतियार रहेको थियो, जुन सेनाको साथमा मात्र हुने गर्थ्यो । प्रहरीको मुख्य कार्यालयहरूमा हमला गर्ने सूचना पाएपछि छापामार थालिएको हो ।’

यसभन्दा पहिले दुई संदिग्ध इस्लामी चरमपन्थिहरूलाई ब्रसेल्स नजिकैको शेवंटर्न शहरबाट पक्राउ गरिएको थियो । यो घटना फ्रान्समा शार्ली एब्डो पत्रिकाको कार्यालयमा भएको हमलाको एक हप्ता पछि भएको थियो ।

वेरविए शहर बेल्जियमको लीज प्रान्तमा रहेको छ जहाँ ५६ हजारमा मानिसको बसोबास रहेको छ । बेल्जियमका सञ्चारमाध्यमहरूका अनुसार फ्रान्सको हमलामा प्रयोग गरिएको केही हतियार ब्रसेल्स पुगेका छन् । तर, प्रहरीले भने यसको पुष्टी गरेको छैन् ।


  •  
  •  
  •