माग्नेलाई चटारो !

348
  •  
  •  
  •  

कविन अधिकारी (ओएनएस) : रौतहटका उमेश कुमार शर्मालाई बिहान ९ बजे जमल पुग्न हतार हुन्छ । उमेरले अन्दाजी ३५ बर्षका उनका लागि माग्ने काम ‘जागिर’ जस्तै बनिसकेको छ ।

IMG_9788 copyजमलको पुलमाथि मादल बजाउदै पैसा माग्छन् उनी । ‘दिनभरीमा मागेर ३०० देखि ५०० कमाउछु ।’ आफूले खर्च गरेर बचेको पैसा उनी रौतहट बस्ने बुढा आमा बुबालाई पठाउछन् । जमलमा मात्र होइन रत्नपार्क पूल देखि घण्टाघर, भोटाहिटी लगायत काठमाडौंका अधिकांश स्थानमा माग्नेलाई पैसा गन्ने चटारो भएको देख्न सकिन्छ ।

दिनभरी माग्नु रातपरेपछि गन्तव्य तिर लाग्ने उनीहरुको गुनासो छ, ‘हामी माग्छौ, अरुले खोसेर लान्छन् ।’ ओएनएसका लागि फोटो फिचरको खोजिमा रहेको यो पक्तकारलाई उनीहरुको माग्ने शैलीले प्रभावित बनाएको छ ।

लोकगित, फिल्मी गित मादलको तालमा गाउनु र वरपर हिड्ने वटुवालाई प्रभावित तुल्याउदै पैसा कमाउने गजबको शैली देख्न पाईन्छ काठमाडौंका चोक—चोकमा ।

IMG_9757 copy

IMG_9765 copy

IMG_9775 copy

IMG_9798 copy

IMG_9800 copy

IMG_9804 copy


  •  
  •  
  •