बेकह्याम चढेको कार दुर्घटनाग्रस्त

239
  •  
  •  
  •  

david-Beckhamकाठमाडौ, १५ मंसिर(एजेन्सी)  : बेलायती फुटबल टोलीका पूर्व कप्तान तथा उनका ठूलो छोरा ब्रुकलिन एक कार दुर्घटना हुनबाट मुस्किलले जोगिएका छन् ।

समाचार एजेन्सी सिन्ह्वाले समाचारपत्र ‘दी इन्डिपेन्डेन्ट’को समाचारलाई उदृत गर्दै बेकह्याम शनिबार हर्टफोर्डसायरमा आर्सनलको प्रशिक्षण मैदानबाट आफ्नो १५ वर्षका छोराको साथमा फर्किरहेका थिए, सोही बेलामा उनको कार दुर्घटनामा परेको थियो ।

यो दुर्घटनामा बेकह्याम र उनका छोरालाई चोट लागेको त छैन । तर, उनीका छोराहरू विचलित भने भएका थिए । यता दोस्रो गाडीमा रहेका अन्य यात्री पनि पूर्ण रूपमा सुरक्षित छन् । बेकह्यामको कारको एयरब्याग सफलतापूर्वक खुलेको थियो ।

ब्रुकलिन र उनका भाई रोमियो र क्रुज आर्सनलको युथ टोलीमा खेल्छन् ।


  •  
  •  
  •