मह खाँदा होस पुर्याउनुस् ज्यानै जान सक्छ…

431
  •  
  •  
  •  

honeyमह शब्द सुन्ने बित्तिकै धेरैको मुख रसाउँछ । महको स्वाद र फाइदाका कारण जोकोहीलाई मन पर्नु स्वभाविक पनि हो । अझ आयुर्वेद विज्ञानमा त मह निकै महत्वपूर्ण औषधी हो । महलाई विभिन्न रोगका लागि औषधीको रुपमा प्रयोग गरिन्छ । महले प्राकृतिक रूपमा शरिरलाई मजबुत र शक्ति प्रदान गर्न मद्धत गर्छ साथै रोगहरूसँग लड्नका लागि पनि त्यतिकै फाइदाजनक छ ।

तर, महको प्रयोग गर्ने तरिका जानिएन भने ज्यानै जाने खतरा समेत हुन्छ । महसँग के खाने के नखाने भन्ने थाहा नहुँदा निकै ठूलो दुर्घटनासमेत व्यहोर्नुपर्ने हुन्छ । आयुर्वेदका विज्ञहरू पनि महलाई खान जाने अमृत र नजाने विष हुन्छ भन्छन् । वास्तवमा मह खाँदा कसरी प्रयोग गर्ने भन्ने विषयमा आयुर्वेदका विज्ञहरुले निकै धेरै तरिकाहरू बताउँछन् साथै खान नहुने तरिकाका बारेमा पनि बताएका छन् । मह खाँदा ज्यान नै जोखीममा पर्न सक्छ, जानीराखौः
– मह कहिल्यै पनि घ्युसँग बराबरमात्रामा मिलाएर खानु हुँदैन ।

– चिया र कफीको साथमा मह खानु विष बराबर हुन्छ ।

– महलाई कहिल्यै पनि तताउने वा उमाल्ने गर्नु हुँदैन ।

– महलाई तेल, नौनी घिऊसँग मिसाएर खानु हुँदैन ।

– माछा मासुसँग पनि महको प्रयोग गर्नु विषसेवन समान हुन्छ ।

– मह खाने बित्तिकै तातोपानी पिउनु हुँदैन ।

– दिनमा दुई-तीनचम्चाभन्दा बढि महको प्रयोग गर्नुहुँदैन ।

– ज्वरो आएको अवस्थामा मह विषसमान हुन्छ ।

– कसैले विष सेवन गरेको अवस्थामा मह खान दिनुहुँदैन । यसले विषको प्रभावलाई झन् बढाउँछ ।


  •  
  •  
  •