संजय बांगर भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक

270
  •  
  •  
  •  

sanjaya-bangarकाठमाडौँ, १४ जेठ(एजेन्सी) : पूर्व क्रिकेटर संजय बांगरलाई भारतीय क्रिकेट टोलीको प्रशिक्षक बनाइएको छ ।

यसभन्दा अगाडि बांगर भारतीय टोलीको ब्याटिङ प्रशिक्षक थिए । बिहीबार बीसीसीआईले ट्वीटमार्फत यो जानकारी दिएको हो । अभय शर्मालाई भारतीय क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षक बनाइएको छ ।

पूर्व क्रिकेटर र आन्ध्र क्रिकेट संघको जोनल सेक्रेटरी कोका रमेशलाई टोलीको प्रशासनिक व्यवस्थापक बनाइएको छ । भारतीय टोली जुनमा जिम्बाब्बेको भ्रमण गर्दै तीन वटा वन डे र तीन वटा टि-२० खेल्नेछ ।

बांगरभन्दा अगाडि रवि शास्त्री भारतीय क्रिकेट टोलीका निर्देशक थिए । टि-२० विश्वकपपछि उनको अवधी सकिएपछि प्रशिक्षकको खोजी भइरहेको थियो । बांगर आईपिएलमा किग्स इलेभन पञ्जाबका प्रशिक्षक पनि हुन् ।

भारतीय टोलीको प्रशिक्षणका लागि राहुल द्रविडको नाम पनि आएको थियो । उनी अहिले यु-१९ टोलीका प्रशिक्षक रहेका छन् । यस्तै, पूर्व अष्ट्रेलियाली क्रिकेटर शेन वार्नले पनि भारतीय क्रिकेट टोलीलाई प्रशिक्षण दिने इच्छा व्यक्त गरेका थिए ।

यसअघि, बेलायतका डंकन फ्लेचर २०११ देखि २०१५ सम्म भारतीय टोलीका मुख्य प्रशिक्षक रहेका थिए । फ्लेचरपछि भारतीय टोलीले मुख्य प्रशिक्षक भेट्टाएको थिएन, तर रवी शास्त्रीलाई निर्देशक बनाइएको थियो ।


  •  
  •  
  •