बलले लागेर ब्याट्सम्यानको मृत्यु

167
  •  
  •  
  •  

एजेन्सी । क्रिकेट बलले छातीमा लागेर फेरी अर्का क्रिकेटरको मृत्यु भएको छ । बेलायतको स्थानीय क्रिकेट लिगको म्याचको क्रममा बलले छातीमा लाग्दा २४ बर्षिया बवलन पाथ्मानाथनको मृत्यु भएको बीबीसले जनाएके छ ।

पाथ्मानाथन मनीप्ले पेरीस स्पार्टस् क्लबका लागि ब्याटिङ्ग गरिरेहका थिए । बिटिस तमिल लिगअन्तर्गत भएको खेलमा खेलाडी घाइते हुने वित्तिकै एम्बुलेन्स बोलाइ पनि पछि उनको मृत्यु भएको थियो ।

पाथ्मानाथनसँगै ब्याटिङ्ग गरिरहेका रुस्सानका अनुसार उनले पहिले छातीमा बल लाग्दा बुढी आउला देखाएर ठीक भनेको तर दुई पाइला हिँडेपछि भुइमा पछारिएका थिए ।गत नोभेम्बर अष्ट्रेलियन ब्याट्सम्यान फिलिप ह्युजको पनि बलले लाग्दा मृत्यू भएको थियो ।

 

 


  •  
  •  
  •