अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आजदेखि

193
  •  
  •  
  •  

काठमाडौं २९ कात्तिक (ओएनएस) :  आजदेखि लुमिबनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदैछ । सम्मेलनका लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । आज बिहान साढे ९ बजे सुरु हुने सम्मेलनको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम छ ।

नेपालको थेरवाद बुद्धिष्ट एकेडेमी र म्यानमारको सितगु इन्टरनेशनल बुद्धिष्ट एकेडेमीको संयुक्त आयोजनामा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा करिब ३० देशका ४०० भन्दा बढी बौद्ध भिक्षु तथा विज्ञहरुको सहभागिता रहनेछ । स्वदेशी र विदेशी बौद्ध भिक्षु तथा बौद्ध विद्वानहरुबाट ९४ वटा अनुसन्धानात्मक कार्यपत्रहरु प्रस्तुत हुनेछन् । यसमा नेपालबाट ४६ जना र विदेशबाट ४८ जनाको कार्यपत्र रहनेछ । यी कार्यपत्रहरुलाई चार प्रमुख विषयगत क्षेत्रमा बिभाजन गरी छलफल गरिनेछ । सम्मेलनमा नेपाली, नेपालभाषा र अंग्रेजीमा कार्यपत्रहरु पेश हुनेछन् ।


  •  
  •  
  •