हावाहुरी पीडितलाई डा. भट्टराईले आधा महिनाको तलब दिने

259
  •  
  •  
  •  

काठमाडौं, १९ चैत(ओएनएस) : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बारा र पर्साका हावाहुरी पीडितलाई आधा महिनाको तलब सहयोग गर्ने भएका छन् ।

आइतबार साँझ बारा र पर्सामा भीषण हावाहुरीले पु¥याएको क्षतिमा पुनस्र्थापनाका लागि उनले आफ्नो आधा महिनाको तलब सहयोग गर्न लागेका हुन् ।

भट्टराईले बारा र पर्सामा विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनस्र्थापनामा तन, मन र धनले लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान समेत गरेका छन् ।

संयोजक डा. भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला र प्रदेशका पार्टी युनिटहरुलाई उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न पनि निर्देशन दिएका छन् ।


  •  
  •  
  •