बौद्ध सम्मेलनमा ६३ वटा कार्यपत्रमाथि छलफल

218
  •  
  •  
  •  

रुपन्देही, ३० कात्तिक (ओएनएस) :  लुम्विनीमा जारी अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा विभिन्न कार्यपत्रमाथि छलफल सुरु भएको छ ।

सम्मेलनको दोस्रो दिन बौद्ध सम्पदा, संस्कृति र लुम्विनीको बातावरण संरक्षण सम्वन्धी ६३ वटा कार्यपत्रमाथि छलफल भएको छ । विभिन्न ५ विषयगत समूहमा तीन खण्डमा भएको छलफलमा नेपाल सहित म्यानमार, श्रीलंका, भियतनाम, भारतलगायत विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र पेश गरेका थिए ।

बौद्ध संस्कृति र सम्पदाको सम्वद्र्धन, सुरक्षा र संरक्षणमा केन्द्रीत चार दिने सम्मेलनमा आइतवार लुम्विनीका वौद्ध सम्पदाहरु, विश्वका वौद्ध सम्पदाहरु, बौद्ध संस्कृति , बौद्ध शिक्षा प्रणली र लुम्विनीमा वातावरण संरक्षण विषयमा सात समुहमा विभाजन गरी छलफल गरिएको थियो ।

नेपालको थेरवाद बुद्धिष्ट एकेडेमी र म्यानमारको सितगु इन्टरनेशनल बुद्धिष्ट एकेडेमीको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा करिब ३० देशका ४ सय  भन्दा बढी बौद्ध भिक्षु तथा विद्वानहरुको सहभागिता रहेको छ । स्वदेशी र विदेशी बौद्ध भिक्षु तथा बौद्ध विद्वानहरुबाट ९४ वटा अनुसन्धानात्मक कार्यपत्रहरु प्रस्तुत हुनेमा आइतवारसम्म प्रस्तुत गर्न वाकी कार्यपत्र सोमवार प्रस्तुत गरिने बताएइको छ ।

यसमा नेपालबाट ४६ जना र विदेशबाट ४८ जनाको कार्यपत्र रहेका छन ।सम्मेलनको शनिवार राष्टपति रामवरण यादवले उदघाटन गरेका थिए ।


  •  
  •  
  •