वार्तामा बस्न विपक्षीका तीन सर्त

434
  •  
  •  
  •  

Prachanda-sushil1काठमाडौं १४ माघ (ओएनएस) : विपक्षी मोर्चाले वार्ताका लागि सरकार र सत्तापक्ष दलसँग वार्ताका लागि तीन सर्त अघि सारेका छन् । ती सर्त पुरा नभएसम्म वार्तामा नबस्ने र आन्दोलनकै बाटो तताउने विपक्षी मोर्चाको निस्कर्ष छ ।

हिजो मंगलबार सरकारमा दलले एमाओवादी सहितका विपक्षी दललाई वार्तामा आउन सयुक्त अपिल गरेका थिए । विपक्षी दलले वार्तामो मार्गचित्र सार्वजनिक, सहमतिबाटै संविधान बनाउने ग्यारेण्टी र संविधानसभा अध्यक्षले बनाएको प्रश्नावली समिति फिर्ता तीन सर्त राखेका राखेका छन् ।

ती सर्त पुरा नभएसम्म वार्तामा वार्तामा नबस्ने एमाओवादीका सचिव बर्षमान पुन अनन्तले जानकारी दिए । उनले सत्तापक्षले सहमतिका लागि वार्ता गर्न नचाहेकाले आफुहरु वार्तामा नजाने बताए ।

‘प्रक्रिया सुरु गर्नुअघि जुन अवस्थामा थियो त्यही अवस्थामा फर्केर सहमतिबाटै संविधान ल्याउने ग्यारेण्टि गर्नुपर्छ’ पुनले ओएनएससँग भने ‘अन्यथा हामी जतिसुकै सार्वजनिक अपिल गरेपनि वार्तामा जान्नौं । ’

औपचारीक वार्ता अस्वीकार गरेपनि अनौपचारीक वार्ता भने सुरु भएका छन् । सोमबार प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन कुराकानी भएको छ । मंगलबार कानुनमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता नरहरी आचार्यले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।


  •  
  •  
  •