प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलबीच वार्ता जारी

144
  •  
  •  
  •  

काठमाडौं २३ पुस (ओएनएस) : सहमतिका लागि प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलबीच वार्ता जारी रहेको छ । निरन्तर वार्ता गरेर सहमति खोज्न बिहान ९ बजेदेखि दुईपक्षीइ कार्यदलबीच छलफल भइरहेको छ । हिजोबाट सुरु भएको छलफल सकारात्मक भएको र आज बुँदागतरुपमा छलफल हुने नेताहरुले बताएका छन् । एमाले नेता था उपप्रधानमन्त्री भीम रावलले सहमति नआएसम्म निरन्तर वार्ता जारी राख्ने र सहमति गर्ने बताए ।

पहिलो चरणको छलफल सकारात्मक भएको र आज दोस्रो चरणको छलफलमा बुदागत छलफलमा प्रवेश गर्ने रावलले बताए । मधेसको समस्याको समाधान खोज्न प्रमुख तीन दल र मधेसी मोर्चाले बनाएको संयुक्त कार्यदलले हिजोदेखि छलफल सुरु गरेको हो । अमोर्चाले राखेका ११ बुँदे मागबारे समग्रमा छलफल प्रवेश गरेको मोर्चाको तर्फबाट कार्यदलका सदस्य संघिय समाजवादीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । पहिलो वार्तामा जस्तै दोस्रो वार्तामा प्रमुख तीन दल सकारात्मक भएका निकास टाढा नरहेको पनि उनले बताए ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा जारी बैठकमा सरकारले यसअघि पेस गरेको प्रस्ताव, मोर्चाको मागलाई नै सहमतिको आधार बनाइनेछ । स्रोतका अनुसार तीन चरणमा निकास खोज्ने र अहिलेको संविधान संसोधनबाटै निकास निकाल्ने गरि प्रस्ताव तयार गरिनेछ । कार्यदलले तयार पारेको प्रस्तावमा शीर्ष तहमा छलफल गरेर संविधान संसोधन गर्ने तयारी छ ।


  •  
  •  
  •