अबको एक हप्तामै दलहरुबीच औपचारीक वार्ता

135
  •  
  •  
  •  

काठमाडौं १६ फागुन (ओएनएस) : प्रक्रिया र सहमतिको विवादमा लागेका दलहरु आउने हप्ता औपचारीक वार्तामा बस्ने निचोडमा पुगेका छन् । अनौपचारीक वार्ताका क्रममा आज एमाओवादीकोृ प्रदर्शन सकिएपछि आइतबारबाट पहल थाल्ने र त्यो हप्ताभित्रै वार्ता गर्ने निस्कर्ष निस्किएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललले १६ गतेपछि औपचारीक वार्तामा आउने प्रधानमन्त्रीलाई आश्वस्थ पारेको एक नेताले दावी गरे । उनका अनुसार दाहालले आफुलाई सहज हुने वाताबरण बनाइदिन भने आग्रह गरेका छन् ।

विपक्षी मोर्चाका नेता विजयकुमार गच्छदारले पनि आउने हप्ताबाट सम्वाद हिनताको अवस्ता तोडिने बताएका छन् । उनले आइतबारबाटै राजनीतिले नयाँ मोड लिने पनि दाबी गरेका छन् ।
वार्ता र सहमतिको ढोका खुल्नै लागेको बताउँदै उनले आफूहरु पनि सहमतिकै आधारमा संविधान आउनुपर्ने पक्षमा रहेको बताए । पक्षी मोर्चाले शनिबार शक्ति प्रदर्शनकै लागि आन्दोलन गर्ने बताउँदै गच्छदारले त्यसपछि संविधान निर्माणमा सहमतिको प्रयास थालिने उल्लेख गरे ।

‘शान्ति र संविधानका लागि वार्ता गरेर अघि बढ्नुको अर्को विकल्प छैन्’, उनले भने, ‘शक्ति प्रदर्शनकै लागि शनिबार गरिने आन्दोलन शान्तिपूर्ण हुनेछ ।’ विपक्षीले आज राजधानीबाहिरबाट कार्यकर्ता, समर्थक ल्याएर ‘शक्ति प्रदर्शनु गर्ने तयारी गरेको छ। शक्ति प्रदर्शनबाट कांग्रेस, एमालेमाथि दबाब सिर्जना गर्ने उनीहरूको उद्देश्य हो। सत्तापक्षले भने त्यसलाई ठूलो रुपमा लिएको छैन ।
संसदीय समिति बहिस्कारको निर्णय गरेर आन्दोलनमा होमिएको एकीकृत नेकपा माओवादी आगामी १६ गतेपछिका समिति बैठकमा सहभागी हुने निस्कर्ष निकाली सकेको छ ।


  •  
  •  
  •