माओवादीसँग आज चारदलको सयुक्त वार्ता

67
  •  
  •  
  •  

काठमाडौं १७ भदौ (ओएनएस) : संविधानका बाँकी विवादित विषयमा सहमति खोज्न दलहरुले आजबाट निर्णायक छलफल सुरु गर्दैछन् । भदौ २१ भित्र सहमतिमा पुग्ने गरी दलहरु छलफल गर्न लागेका हुन् । तीनदलको बैठक बसेपछि नेकपा माओवादी सहितको सयुक्त छलफल हुनेछ । संविधानसभाबाहिर रहेको नेकपा–माओवादी नेतृत्वको मोर्चासँग वार्ता हुने भएको हो। छलफल दिउँसो एक बजे प्रधानमन्त्री निवास वालुवाटारमा हुनेछ । आजै दलका शीर्ष नेताको बैठक, संवाद समितिको पूर्ण बैठक र वैद्य नेतृत्वको मोर्चासँग छुट्टाछुट्टै छलफल हुनेछ । माओवादीले संविधान निर्माणको काम थाँती राखेर गोलमेचसभाको माग गरेको छ । वार्तामा सरकारमा रहेका कांग्रेस एमाले र प्रतिपक्षमा रहेका एमाओवादी र मधेसी मोर्चा सहभागि हुनेछन् ।


  •  
  •  
  •