सरकार प्रमुख दलको कार्यदलतहमा वार्ता सहमति नजिक

182
  •  
  •  
  •  

काठमाडौं २६ पुस (ओएनएस) :
प्रमुख दल र मधेसी मोर्चाबीच कार्यदल तहमा आज पनि वार्ता हुने भएको छ । सीमांकन विवाद उच्चस्तरीय राजनीतिक समितिले टुंगो लगाउने विषयमा केन्द्रित रहेर आज वार्ता हुनेछ । बिहीबार प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलबीच सैद्धान्तिक सहमति भए पनि समितिको क्षेत्राधिकारको विषय के हुने भन्ने टुंगो अझै लागेको छैन ।

हिजो अन्तिम समयमा कांग्रेसका सदस्य नआएकाले वार्ता हुन नसकेको र आज सीमांकनलाई टुङ्ग्याउने सयन्त्रको वैधानिकताका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । सत्ताधारी तथा विपक्षी दल र मधेसी मोर्चाको कार्यदलबीच सीमांकनको विवाद पछि मिलाउनेगरी सहमतिको प्रयास अघि बढेको छ । उच्चस्तरीय राजनीतिक संयन्त्र मार्फत सीमांकनको विवाद मिलाउने प्रस्तावमा संयन्त्रको वैधानिकतामा प्रश्न उठाउँदै आएको मधेसी मोर्चा पनि प्राविधिक विषय पछि मिलाउन सहमत भएको हो ।


  •  
  •  
  •