आज निस्कर्षमा पुग्नेमा कार्यदलको तयारी

197
  •  
  •  
  •  

काठमडौं २५ पुस (ओएनएस) : सीमांकनका विषयमा सहमति खोज्ने सयन्त्रणका विषयमा टुङ्गो लगाउन सरकार र मधेसी मोर्चाको कार्यदखलबीच आज पनि छलफल हुँदैछ । मोर्चाले अघि सारेको सीमांकन प्रस्तावलाई सयन्त्रबाट टुङ्गो लगाउने प्रस्ताव गरेपछि त्यसको वैधानिकताका विषयमा मोर्चाले प्रश्न उठाएको छ ।

आज त्यसको वैधानिकता र प्रक्रियाका विषयमा छलफल बढी केन्द्रित हुने दलहरुले बताएका छन् । दिउँसो ४ बजे तय गरिएको बैठकमा सीमांकन विवाद टुङ्गो लगाउन राजनीतिक सयन्त्र बनाउने र अरु विषय संविधान संसोधन मार्फत सहमति गर्नेमा वार्ता केन्द्रित हुने संघिय समाजवादीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

वार्ता सकारात्मक बन्दै गएको उनको भनाई छ । राजनीतिक संयन्त्र बनाएर तीन महिनामा टुङ्ग्याउने विषयमा प्रमुख तिन दल र मधेसी मोर्चा सहमति नजिक पुगेका छन् ।


  •  
  •  
  •