समस्या समाधानका लागि आज दुईपक्षीय वार्ता

115
  •  
  •  
  •  

काठमाडौं १० पुस (ओएनएस ) : मधेसी मोर्चाले राखेको माग र संविधान संसोधनका विषयमा सहमति खोज्न दलहरुले आज छलफल गर्दैछन् । सत्तासिन एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसले मधेसी मोर्चासँग छुट्टा छुट्टै छलफल गर्ने तय भएको छ । अहिले बिहान एमाओवादी र मोर्चाबीच छलफल हुँदैछ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बिहान हुने छलफलमा सरकारले अघि सारेको तीन बुँदे सहमतिको प्रस्तावमा केन्द्रित रहेर छलफल हुनेछ । मोर्चाले संघियताका विषयमा अहिले नै सहमति गर्नुपर्ने बताएपनि सरकारले तीन महिनाभित्र टुङ्गो लगाउने गरि प्रस्ताव गरेको छ । आजै नेपाली कांग्रेस र मोर्चाबीच पनि छलफल हुनेछ । साँझ ५ बजे हुने छलफलमा कांग्रेसको पहलमा संसदमा दर्ता भएको संविधान संसोधन विधेयक र त्यसका विषयमा बस्तुमा छलफल हुनेछ । मोर्चाले त्यो प्रस्तावले मात्रै समस्या समाधान नहुने बताएको छ ।


  •  
  •  
  •