तपाईलाई थाहा छ कसरी कतिबेला नुहाउनुपर्छ ?

1297
  •  
  •  
  •  

bathing-body-care-at-4-healthy-tips-about-how-to-care-body-after-bathing(ओएनएस) : राम्रो स्वास्थ्य र सुन्दर शरिरका लागि दैनिक रूपमा नुहाउनु लाभदायक हुन्छ । जो व्यक्तिहरू दैनिकरूपमा नुहाउने गर्छन्, उनलाई स्वास्थ्य र धर्मको दृष्टीले धेरै लाभ प्राप्त हुन्छ । यदी ठिक सुर्योदय हुने समयमा नुहाए धर्मका हिसाबले निकै शुभ हुन्छ ।
यसै कारण प्राचिन समयमा विद्धान तथा ऋषीमुनीहरुले सूर्योदय भन्दा केही पहिले नुहाउने गर्थे ।
साथै, नुहाएपछि सूर्यलाई जल चढाउथे । शास्त्रका अनुसार यी कुराहरुलाई हामीले पनि ध्यान दिन जरूरी छ । बिहान नुहाएर दिनको सुरूवात गर्नाले सबै कार्यमा सफलता र मानसिक शान्ति प्राप्त हुन्छ । सूर्यलाई जल चढाउनाले समाजमा मान-सम्मान र छालाको चमकता समेत प्राप्त हुन्छ ।
शास्त्रमा समय अनुसार नुहाउनुको विभिन्न प्रकार रहेको बताइन्छ । साथै नुहाउने एक विषेश विधी पनि बताइएको छ । यदी यही विधीले सही समयमा नुहाए शुभ फल प्राप्त हुन्छ ।
नुहाउनुका प्रकार के-के छन्ः
देव स्नानः आजको समयमा अधिकांश मानिस सुर्योदयपछि स्नान गर्ने गर्छन् । यदी सुर्योदयपछि कुनै नदी या घरमा नुहाउने र विभिन्न मन्त्र उच्चारण गर्ने गरिए उक्त स्नानलाई देव स्नान भनिन्छ ।
ब्रह्म स्नानः ब्रह्म मुहर्तमा अर्थात् बिहान ४-५ बजे भगवानको स्तुती गर्दै गरिने स्नानलाई ब्रह्म स्नान भनिन्छ । यस्तो स्नान गर्ने व्यक्तिलाई इष्टदेवको विषेश कृपा प्राप्त हुन्छ र जीवनमा दुःखबाट मुक्ति मिल्छ ।
ऋषि स्नानः यदी कुनै व्यक्ति बिहान आकाशमा तारा देखिरहेको समयमा नुहाउँछ भने उक्त स्नानलाई ऋषी स्नान भनिन्छ । सुर्योदयभन्दा पहिले गरिने स्नानलाई मानव स्नान पनि भनिन्छ । सुर्योदयभन्दा अगाडि गरिने स्नान निकै राम्रो हुन्छ ।
दानव स्नानः आजको समयमा धेरै मानिस सुर्योदयपछि र चिया-नाश्ता खाएपछि स्नान गर्नेगर्छन्, यस्तो स्नानलाई दानव स्नान भनिन्छ ।
शास्त्रका अनुसार हामीले ब्रह्म स्नान, देव स्नान वा ऋषी स्नान गर्नु पर्छ । रातको समयमा या बेलुका नुहाउनु हुँदैन । यदी सूर्यग्रहण या चन्द्रग्रहणको दिन छ भने मात्र राती नुहाउन मिल्छ ।
कसरी नुहाउनेःदैनिक रूपमा गरिने कार्यका लागि फरक-फरक मन्त्र बताइएको छ । नुहाउँदा पनि मन्त्रको उच्चारण गर्नुपर्छ । नुहाउँदा कुनै श्लोक पाठ गर्न सकिन्छ या किर्तन वा भजन वा भगवानको नाम लिन सकिन्छ ।
केही मानिसले नुहाउँदा पहिले शरिरमा पानी हाल्छन् र टाउकोमा हाल्ने गर्छन्, यो कार्य गलत हो । नुहाउँदा सबैभन्दा पहिले टाउकोमा पानी हालेर मात्र शरिरमा पानी हाल्नु पर्छ । यसरी नुहाउनाले हाम्रो टाउकोको गर्मी शरीर हुँदै गोडाबाट बाहिर निस्किन्छ । शरिरलाई भित्रैबाट शितलता प्राप्त हुन्छ ।
नुहाएपछि दैनिक रूपमा सू्र्यलाई जल चढाउनु पर्छ । यसरी जल चढाउनाले मान-सम्मान प्राप्त हुन्छ ।

  •  
  •  
  •  

Comments are closed.