रोल्पामा भएको पाँच बुँदे सहमति कार्यान्वयन भएमात्र निकास :बास्तोला

391
  •  
  •  
  •  

Dharmendra Bastolaकाठमाडौं, २० मंसिर (ओएनएस) :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका केन्द्रीय कार्यालय सदस्य धमेन्द्र बास्तोलाले तत्कालिन संसदवादी र माओवादीबीच भएका पाँच बुँदे सहमतिले मात्र देशलाई निकास दिने बताए ।

शनिबार संवाद डबलीमा समाजसेवी रामकुमार लिङ्देनको जीवनी विमोचन गर्दै बास्तोलाले सो कुरा बताएका हुन । ‘जनयुद्धकालमा तत्कालिन संसदवादी र माओवादीब रोल्पामा भएको पाँच बुँदे सहमतिबाट कांग्रेस–एमाले पछि हटेकाले देशले निकास पाएको छैन, यदि कांग्रेस र एमालेले उक्त सम्झौताबाट पछि हटे देशमा फेरी द्वन्द्व निम्तिने छ’ बास्तोलाले भने ।

उनले जनयुद्ध, जनआन्दोलन र सबै क्षेत्रका जनता र वर्गको चाहनाको विरुद्धमा संविधान ल्याउन षड्यन्त्र भइरहेको दाबी गरे ।

कार्यक्रममा समाजसेवी तथा उद्योगी लिङ्देन रामकुमारले माओवादी जनयुद्धमा जस्तै जुवाडे, कमिसन, कालाबजारी, बिचौलियालाई नियन्त्रण राज्यले गरेमात्र देशमा शान्ति र लगानीको बातावरण बन्ने बताए । पूर्व वेलायती सेनामा कार्यरत लिङ्देन रामकुमारले समाज सेवामा कार्यरत छन् ।
समाजसेवी रामकुमारको जीवनी युवा चनचित्रकर्मी दिनेश लिङ्देनले लेखेका हुन ।


  •  
  •  
  •