गौचन हत्याका मुख्य आरोपी बस्नेत पक्राउ

303
  •  
  •  
  •  

काठमाडौं, १७ मंसिर :नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सरदकुमार गौचनको हत्याका मुख्य आरोपी समिरमानसिंह बस्नेत पक्राउ परेका छन्।

बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चितवनबाट पक्राउ गरिएको डिअाइजी पुस्कर कार्कीले बताए । अपराधिक समुहले निर्वाचन व्यवसायी गौचनले भनेको फिरौती नदिए पछि हत्या गरेको ब्यूरोले जनाएको छ । गौचनको असोज २३ गते घरवाट महासंघको कार्यालयमा जाने क्रममा वानेश्वरको प्रयाग मार्गमा गोली हानी हत्या भएको थियो ।

विराटनगरको हुलाकी जोड्ने राजमार्गको ठेक्का वाफतको रकम मागेका थिए । गौचनले रकम दिन नमानेपछि वस्नेतको योजनामा हत्या भएको अनुसन्धान व्युरोले जनाएको छ ।


  •  
  •  
  •