बसन्त रेग्मीले पुरा गरे विश्व क्रिकेट लिगमा १ सय विकेट

123
  •  
  •  
  •  

काठमाडौ, ४ माघ(ओएनएस) :  नामिबियामा अहिले जारी प्रतियोगितामा नेपाल र नेदरल्याण्डबीच प्रतिष्पर्धा भइरहेको छ । उक्त प्रतियोगिताका क्रममा नेपालका बसन्त रेग्मीले दुई विकेट लिँदै विश्व क्रिकेट लिगमा आफ्नो १ सय विकेट पुरा गरेका छन् ।

बसन्त रेग्मीले नेदरल्याण्डको छैटौ विकेटका लागि ५० रनको साझेदारी तोड्ने क्रममा विकेट लिएपछि विश्व क्रिकेट लिगमा उनको १ सय विकेट पुरा भएको हो । बसन्तले विश्व क्रिकेट लिगमा सुरूवात देखी नै सहभागिता जनाउँदै आएका छन् ।


  •  
  •  
  •