व्यवसायी बस्नेतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

485
  •  
  •  
  •  

काठमाडौं, २५ चैत(ओएनएस) : सर्वोच्च अदालतले घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।

बस्नेतलाई प्रहरीले गत बुधबार ठगी मुद्दामा उजुरी परेको भन्दै उनकै घरबाट पक्राउ गरेको थियो । बस्नेतलाई पक्राउपछि उनको श्रीमती सुनिता बस्नेतले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।

सो निवेदन उपर सोमबार सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बस्नेतलाई तीन दिनभित्र सर्वोच्च पेस गर्न सरकारको नाममा आदेश गरेको हो ।

आइतबार दर्ता भएको निवेदनमा एकल इजलासले बस्नेतलाई थुनामा राख्नुको कारणसहित म्याद प्राप्त भएको मितिले तीन दिनभित्र पेस गर्न भनेको हो । बस्नेतलाई महानगरीय प्रहरी परिसर अपराध अनुसन्धान महाशाखा टेकुले पक्राउ गरेको थियो ।

सहकारी र हाउजिङमा करोडौं ठगीको आरोप लागेका बस्नेतको यसअघि पक्राउ र धरौटीमा रिहा भएका थिए ।


  •  
  •  
  •