सिरियामा असादद्वारा राष्ट्रपति पदको सपथग्रहण

221
  •  
  •  
  •  

काठमाडौं, १ साउन (एजेन्सी) । सिरियाली राष्ट्रपति बसार अल–असादले बुधबार नयाँ सात वर्षे कार्यकालका लागि सपथग्रहण गरेका छन् । उनले आफूविरुद्ध हतियार उठाउनेलाई सहयोग गर्ने पश्चिमी मुलुक तथा अरब सरकारले त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

दमासकसमा आयोजित एक समारोहमा उनले राष्ट्रपति पदको सपथग्रहण गरे । यस विजयी भाषणमा उनले सन् २०११ को अरब विद्रोह नक्कली विद्रोह भएको दाबी गरे ।
अठचालीस वर्षीय असादले जुन महिनामा भएको निर्वाचनमा विजय हासिल गरेका थिए । यसलाई उनका विरोधीहरूले तमासाको रूपमा लिएका छन् । उनको मुलुकमा गत तीन वर्षदेखि चलेको विद्रोहमा एक लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने दशौँ लाख जनता विस्थापित भएका छन् ।


  •  
  •  
  •