बसन्तपुरबाट पूर्वडीआईजीसहित १५ जना गिरफ्तार, २४८ थान कालो टिसर्ट बरामद

123
  •  
  •  
  •  

काठमाडौं । ईन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुरमा आउँदा विरोध प्रदर्शन हुने आशंकामा प्रहरीले एकजना बहालवाला सैनिक अधिकृत, अर्का सेवा निवृत्त डीआइजीसहित करिब १५ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले गिफ्तार केही व्यक्तिहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । उनीहरुलाई शुक्रबार अपराहन्न पक्राउ गरिएको हो ।

गुठी विधेयकमा राष्ट्रपतिले विधेयक विरोधी आन्दोलनका अभियन्ताहरुको मागप्रति उदासिनता देखाएकोमा उनको कार्यक्रमलाई बहिष्कार गर्नु पर्ने धारणा समूह भित्र केहीले राखेको जानकारी प्रहरीलाई आएपछि सोही अनुसार सादा पोशाकमा गएका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यसैबीच प्रहरीले बसन्तपुर क्षेत्रबाट पक्राउ परेकाहरु विरोध प्रदर्शन गर्ने तयारीमा रहेको बताएको छ ।
पक्राउ परेकाहरुबाट प्रहरीले २ सय ४८ वटा कालो रङको टिसर्ट र ब्यानर बरामद गरेको छ ।
टिसर्टमा नेवारी भाषामा विभिन्न नारासमेत लेखिएको छ ।


  •  
  •  
  •