सिंगापुरमा ‘शान्ति लुकाऊँ कहाँ’…

398
  •  
  •  
  •  

सिंगापुर, २२ चैत ‍(ओएनएस)  : शनिबार साँझ सिंगापुरमा २८ डिग्री सेल्सियसको उपयुक्त तापक्रम र मनोरम वातावरण भएता पनि सिंगापुरस्थित “सिभिल सर्भिस सेन्टर” को भव्य प्रेक्ष्यालयको तापक्रम भने ह्वात्त्तै बढेको थियो – कौतुहत र उत्साही साहित्यप्रेमी दर्शक–दीर्धाको खचाखच उपस्थितिका कारण ।

दक्षिणपूर्वी एशियाको अत्यन्तै रमणीय एवम् मनमोहक सिंगापुर शहरमा – कवि/गीतकार वसन्त चौधरीको प्रेमिल र स्वप्निल साहित्यिक कार्यक्रम सम्पन्न हुँदै थियो ।

सि‌ंगापुरको स्थानीय समयअनुसार शनिबार साँझ ६ः०० बजे सुरु भएको उक्त मनोरम साहित्यिक जमघट सिंगापुरस्थित नेपाली सोसाइटीको आयोजनामा सम्पन्न भएको हो । उक्त सोसाइटीका अध्यक्ष किशोर पन्तले कार्यक्रममा स्वागत मन्तव्य राख्दै वसन्त चौधरीको बहुआयामिक व्यक्तित्वबाट आफू ज्यादै प्रभावित भएको र प्रवासमा रहेका धेरै नेपालीहरूले उहाँबाट धेरै कुरा सिक्नसक्ने बताए ।

कार्यक्रमका एक दर्शकका कारण चौधरीका प्रेमरसयुक्त रचनाहरूको रसास्वादन गर्दा दर्शक–दीर्धा स्वयम् प्रेममा चुर्लुम्म डुबेको अनुभव गर्दैथिए ।

सो अवसरमा  चौधरीको साहित्यिक र सामाजिक व्यक्तित्व एवम् कृतित्व समेटिएको रोचक श्रव्य–दृश्य सामाग्री प्रस्तुत गर्दै “नेपाली सोसाइटी सिंगापुर” का पदाधिकारी कृष्ण पौडेलले चौधरीमाथि विशेष प्रकाश पारेका थिए ।

Vishwa Kabya Yatra: Singapore Episode by Basant Chaudhary

साँझको ७ः२५ बज्दै थियो…, तत्पश्चात् सुरु हुन्छ चौधरीको प्रेम वाण वर्षा ! कस्तो कस्तो लाग्छ… लगायतका  दर्जन गीत ।

आफ्ना नेपाली र हिन्दी कविता, गीत–गजल समेटेर चौधरीले झण्डै डेढ दर्जन प्रस्तुतिहरू पस्कँदा दर्शकदीर्धाबाट “वान्स मोर, वान्स मोर” र वाह–वाही पाउँदा उनी झनै हौसिएका थिए । समयको पावन्दीलाई मध्येनजर गर्दै साँझ ८ः१५ बजे चौधरीले आफ्नो वाचन कार्यलाई विट मार्नुपरेको थियो ।

लगत्तै सि‌ंगापुरका स्थानीय कलाकारहरूको सहभागितामा चौधरीद्वारा रचित गीतहरूको प्रत्यक्ष प्रस्तुति समेत गरिएको थियो । करिव एक दर्जन संख्याका सदस्य रहेको सो सांगीतिक टोलीमा सिंगापुर र वर्माका नेपालीहरुसहित बेलारुसकी महिलाको पनि सहभागिता थियो ।

पेशाले चिकित्सक, व्यवस्थापक एवम् इन्जिनियर र विविध विषयमा शोधदेखि विद्यावारिधि गरिरहेका शौखिन कलाकारहरुको प्रस्तुतिमा प्रेक्ष्यालय नृत्यमग्न पनि भएको थियो । अन्तिममा बसन्त चौधरीकै गीत “शान्ति लुकाऊँ कहाँ” मा स्वयम् चौधरीलाई पनि मञ्चमा डाकिएपछि उनले पनि सो गीतका केही पंक्तिहरु गाएर दर्शकदीर्धालाई आश्चर्य चकित पारेका थिए ।

कविता वाचनकै क्रममा “प्रेम एउटा यस्तो अनुभूति हो, एउटा आश्वासन, जो सुस्तरी सुस्तरी मुटुमा अवतरण गर्दै, मुक्त बादल भैंm विचरण गर्दै कवितामा परिणत हुन्छ । मेरो दृष्टिमा सृष्टि प्रेममय छ र मनुष्य प्रेमबिना बाँच्न सक्दैन्, प्रेमको यो भन्दा ठूलो परिभाषा मैले जानेको छैन्” कवि चौधरी व्याख्या गर्दै थिए ।

विश्वकाव्य यात्रा किन भन्ने दर्शकको जिज्ञासा मेटाउँदै “विगत डेढ वर्षदेखि विश्वकाव्य यात्राको थालनी गर्दै कविताकै माध्यमले विश्वभरी रहेका नेपालीबीच माया र सकारात्मकता बाँच्ने र साँच्ने काम गरी आएको” श्री चौधरी बताउँदै थिए ।

साँझ ९ः४५ बजे सकिएको उक्त कार्यक्रम पश्चात् सिंगापुर र वर्माका प्रवासी नेपालीहरूले आफू कता कता नेपालमै रहेको आभास भएको मानसपटल लिएर फर्किएको बताउँदै थिए ।

चौधरीको विश्वकाव्य यात्राको १४ औं श्रृङ्खला अर्थात् सिँगापुर श्रृङ्खला गत चैत्र १४ गते नै सम्पन्न हुनुपर्ने थियो । सिँगापुरमा त्यहाँका संस्थापक प्रधानमन्त्रीको निधनबाट सिर्जित साताव्यापी शोकले उक्त कार्यक्रमलाई एक साता पर धकेलेको थियो ।


  •  
  •  
  •