ओली–प्रचण्डबीच आज पनि वार्ता, एकतालार्इ मुर्तरुप दिन अन्तिम कसरत

612
  •  
  •  
  •  

काठमाडौं, ७ वैशाख (ओएनएस): करिब डेढसाताकाे लामाे समयपछि विगत तीन दिनदेखि निरन्तर छलफलमा रहेका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)बीच अाज पनि भेटवार्ता हुने भएकाे छ।

हिजाे बिहीबार दुर्इ पार्टीका अध्यक्षबीच साढे दुई घण्टा भएकाे ‘वान टू वान’ वार्तामा पार्टी एकता प्रकृया विषयमा सहमति हुन नसकेपछि अाजपनि बार्ता हुने बालुवाटार स्राेतले जनाएकाे छ।

स्राेतका अनुसार दुर्इ पार्टीका अध्यक्ष ओली–र प्रचण्ड पार्टी एकताका लागि अझै मिल्न बाँकी रहेका रहेका विषय टुंग्याउनेतिर विशेष जाेड दिएर अन्तिम कसरतमा लागेका छन्।

यहि बैशाख ९ गते हुने भनिएको दुई पार्टीको एकता टुंग्याउन दुवै नेता अन्तिम कसरतमा लागेका हुन् । यसअघि बैशाख ४ गते बसेको एकता संयोजन समितिको बैठकले विवादित विषय हल गर्न नसकेपछि सोको जिम्मा दुवै अध्यक्षलाई दिएको थियो । स्रोतका अनुसार अध्यक्षद्वय प्रचण्ड र ओली आजको वार्तालाई निर्णायक बनाउने ‘मुड’मा देखिएका छन्।

आज दिउसो बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दुई शीर्ष नेताबीच वार्ता हुन लागेको स्रोतले जनाएको छ । एमाले–माओवादी केन्द्रबीच चुनाव चिन्ह, पदीय बाँडफाँट र जनयुद्धलाई हेर्ने दृष्टिकोणमा मतैक्यता छैन । दुई अध्यक्षबीच यिनै विषयमा केही दिनदेखि घनिभूत छलफल भइरहेको छ ।

आजको वार्ताले पार्टी एकताकाे प्रकृयालार्इ एउटा निष्कर्षमा पुर्याउने स्राेतकाे भनार्इ छ ।


  •  
  •  
  •