ओली–प्रचण्डबीच ‘वान टू वान’ वार्ता

241
  •  
  •  
  •  

काठमाडौं, ६ वैशाख (ओएनएस): प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)बीच अाज बिहीबार ‘वान टू वान’ साढे दुई घण्टा वार्ता भएको छ ।

‘वान टू वान’ भएकाे वार्तामा पार्टी एकताको बिषयमा सहमति जुटाउने प्रयासमा छलफल भएकाे हाे।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार नेताद्वयबीच वार्ता भएको हो ।

मंगलवार बसेको दुई पार्टीको एकता संयोजन समितिको बैठकले मिल्न नसकेका बिषयमा सहमति गर्ने जिम्मा दुई अध्यक्षलाई दिएको थियो । त्यसैलार्इ अन्तिम रुप दिन वार्ता भएकाे बालुवाटार श्राेतले जनाएकाे छ।

दुर्इ अध्यकक्षबीच भएकाे वार्ता सकारात्मक रहेकाे प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् ।

 


  •  
  •  
  •