सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ६ बुँदे सहमति (सहमतिपत्रसहित)

131
  •  
  •  
  •  

काठमाडौं । सरकार र आनदोलनरत नेपाल चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ। हेटौँडामा चिकित्सकमाथि आक्रमण भएको विरोधमा आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारी टोलीबीच आइतबार भएको वार्तामा उक्त सहमति भएको हो।

वार्तामा हेटौँडाको सञ्चो अस्पतालमा डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारबाही गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउन स्वास्थ्य मन्त्रालयले मासिक रुपमा बैठक राख्ने सहमति भएको छ।

यस्तै, स्वास्थ्य क्षेत्रको संवेदनशीलता मनन् गरी सचेततामूलक कार्यक्रमहरु स्वास्थ्य मन्त्रालय र चिकित्सक संघको सहकार्यमा यसै आर्थिक वर्षदेखि सञ्चालन गर्ने, चिकित्सकहरुको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृति रोक्न तीन महिनाभित्र चिकित्सक सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पार्ने र चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको हो।


  •  
  •  
  •