सरकार र मधेसी मोर्चाबीच आज वार्ता

134
  •  
  •  
  •  

काठमाडौं २३ कात्तिक (ओएनएस) :  हुने भएको छ । भारतीय नाकाबन्दी खोल्ने संकेतसँगै संसदमा फर्किएका मधेसी दलहरुले राखेको पछिल्लो मागमा वार्ता केन्दिैत हुनेछ । मोर्चाले ११ बुँदे नयाँ माग बुझाएको छ । कात्तिक १५ गतेयता स्थगीत मधेसी मोर्चासँगको वार्ता दिउसो १ बजे हुने भएको छ । वार्ता सिंहदरबारस्थित परराष्ट्रमा हुनेछ ।

सीमांकन हेरफेरसम्बन्धी मोर्चाको मागमा सकारात्मक हुँदै कांग्रेसलगायत दलसँग शीर्ष तहमा छलफल गर्ने सहमतिपछि छुटेका नेताहरु वीरगन्जको तनावपछि संवादहीन थिए । प्रमुख तीनदलले पनि माग सम्वोधन गर्ने सहमति जनाएकाले आजको वार्ता सकारात्मक हुने अपेक्षा गरिएको छ ।


  •  
  •  
  •