मेसीको दुई गोलमा बार्सिलोना क्वार्टरफाइनलमा

379
  •  
  •  
  •  

काठमाडौं, २८ पुस (एजेन्सी) : बार्सिलोना स्पेसिन कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

गएराति भएको खेलमा सेल्टा भिगोलाई ५–० गोल अन्तरले हराउँदै बार्सिलोना क्वार्टरफाइनलमा पुुगेको हो।

बार्सिलोनाको जीतमा अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सी दुुई गोल गरे। उनले पहिलो हाफको १५ मिनेटभित्रै दुई गोल गरेका थिए।

बार्साका लागि योर्डी अल्बा, लुईस सुवारेज र ईभाँ राकिटिचले एक एक गोल थपे।

जीतसँगै बार्सिलोना समग्रमा ६–१ को जितसहित क्वार्टरफाइनलमा प्रवेश गरेको हो। गत साता भएको पहिलो लेगमा

बार्सिलोनालाई सेल्टा भिगोले १–१ को बराबरीमा रोकेको थियो।


  •  
  •  
  •