बार्सिलोना र रियलको जीत, बार्सालाई ४ अंकको अग्रता

215
  •  
  •  
  •  

messiकाठमाडौ, २६ चैत(एजेन्सी) : स्पेनिस ला लिगाको गयराती सम्पन्न खेलमा बार्सिलोनाले जित हासिल गरेको छ । लगातार नवौ जित हासिल गर्ने क्रममा बार्सिलोनाले आल्मारियालाई ४-० गोलअन्तरले पराजित गरेको हो ।

जितसँगै बार्सिलोना ला लिगाको उपाधी होडमा आफ्नो नियन्त्रण कायमै राखेको छ । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनेल मेसीले ३३ औ मिनेटमा गरेको गोलबाट बार्सिलोनाले खेलमा लिएको थियो । पहिलो हाफ मेसीले गरेको गोलसँगै सकिएपछि दोस्रो हाफमा बार्सिलोनाले थप ३ गोल गर्दै बार्सिलोनाले ४-० गोल अन्तरले अल्मारियालाई पराजित गरेको हो ।

खेलको ५५ औ मिनेटमा लुइस स्वरेजले ड्यानी अल्भेसको पासमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए । यस्तै, ७५ औ मिनेमा बार्टाले र खेलको अन्तिम मिनेटमा लुइस स्वरेजले दोस्रो गोल गर्दै खेल ४-० गोल अन्तरले टुङ्गियो ।

ronaldoगएराती नै सम्पन्न अर्को खेलमा रियल मड्रिडले पनि जित हासिल गर्दै बार्सिलोनासँगको दूरी ४ अंकमा कायम गरेको छ । गयराती सम्पन्न खेलमा मड्रिडले राओ भाल्लेकानोलाई २-० गोलअन्तरले पराजित गरेको हो । मड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले ६८ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता कायम गरेका थिए । उनको यो गोल मड्रिडका लागि ३ सयौ गोल पनि हो ।

यस्तै, खेलको ७४ औ मिनेटमा जेम्स रोड्रिगेजले गोल गर्दै खेललाई २-० को अन्तरमा पुर्याए र खेलमा मड्रिड विजयी भयो ।

रियल मड्रिडले ३० खेलबाट ७० अंक बटुल्दै बार्सिलोनासँगको दूरी ४ अंकमा कायम राखेको छ । समान खेल खेलेको बार्सिलोनाको ७४ अंक रहेको छ ।


  •  
  •  
  •