पूर्वसांसद बुढाको ९० वर्षको उमेरमा निधन

209
  •  
  •  
  •  

काठमाडौं । पूर्वसांसद एवं नेकपाका नेता बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ। रोल्पा निवासी बुढाको बुधबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

 उनी २०४८ सालको निर्वाचनमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका थिए।
उनी एक वर्ष अघिदेखि बिरामी थिए।

त्यसयता उनको पाटन अस्पतालमा उपचार हुँदै आएको थियो। उनी जन्डिसका बिरामी थिए। उनको बुधबार विहान आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढाको निधनप्रति दुःख व्यक्त गरेका छन्। बुधबार बिहान समवेदना सन्देश जारी गर्दै प्रचण्डले बुढाको निधनले मर्माहत बनाएको जनाएका छन्।


  •  
  •  
  •