वादोरियो टोली बिहीबार कम्बोडिया जाने

254
  •  
  •  
  •  

काठमाडौं । दोश्रो कामीतसुमा ओकुकाई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार कम्बोडिया जाने भएको छ ।

अगष्ट २३ देखि २७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजीमा पुरुषोत्तम पोखरेल तथा ६७ केजीमा विशाल खड्गीसहितको टोली कम्बोडिया जान लागेको हो । टोली प्रमुखमा नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसी रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।


  •  
  •  
  •