सद्भावना आनन्ददेबी बर्दियाका अध्यक्षसहित तिनजना बिरुद्ध मानव बेचविखनको मुद्धा

180
  •  
  •  
  •  

बर्दिया, २ (ओएनएस) : जिल्लाप्रहरी कार्यालय बर्दियाले गत १८ गते ७ युवतीलाई अवैध रुपमा भारतको बाटो हुँदै कुवेत तिर लैजाँदै गरेको आरोपमा तिन जना विरुद्ध बेचविखन मुद्दा दायर गरेको छ । बेचविखनको आरोपमा नेपाल सद्भावनापार्टी (आनन्ददेवी) बर्दियाका अध्यक्ष सोहराव पठान सहित तिनजना विरुद्ध मानव बेचविखन बिरुद्धको मुद्धा दायर गरेको हो ।

गुलरिया नगरपालिका वार्ड नंं ७ निवासी अध्यक्ष पठान सहित माकर ६ नवलपरासीका क्षेत्रबहादुर क्षेत्री र सुर्यपटुवा बर्दियाका खडक बहादुर मगर बिरुद्ध मानव बेचविखनको मुद्धा दायर गरेको हो ।

केहि दिन अघि बिनापासपोर्ट सातमहिलाहरुलाई कुबेत लैजानका लागि भारततर्फ लैजाने क्रममापक्राउ परेकातिनै जनालाई आबश्यक अनुसन्धान पश्चात बेचविखन तथा मानवओसार पसारको कार्यमा संलग्न रहेको तथा दोषी ठहरिएपछि उनीहरु बिरुद्ध मुद्धा दायर गरिएको जिल्लाप्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

रुपन्देही की १ महिला सहित नवरलरासीका ६ महिलालाई भाद्र १८ गते बर्दियाको बाटो हुँदै भारतको लौकाही नाकाबाट पक्राउ परेका थिए । नेपालगञ्जबाट रुपैढिया हुदै भारत जानलागेको अवस्थामा माइती नेपालले उद्धार गरेर अभिभावकलाई बुझाएको भएपनि सोही दिन लुकीछिपी बर्दियाको महम्मदपुर गाविसको बाटो हुँदै जाने क्रममा पक्राउ परेका प्रहरी उपरिक्षक विरेन्द्रकुमार बस्यालले बताए ।

२५ बर्ष देखी ३८ बर्ष सम्मका रहेका सबैमहिलाहरुले आफुसंग पासपोर्ट नभएको र भारतको राजधारी दिल्लीहुदै कुबेत जानलागेको बताएका थिए । उद्धार गरिएका सबै महिलाहरुलाई आफन्तको जिम्मा लगाइसकिएको छ ।


  •  
  •  
  •