प्रिमियर लिगमा लेष्टर सिटी शीर्ष स्थानमा, म्यानचेष्टर युनाइटेड दोस्रो

105
  •  
  •  
  •  

barclays premiere leagueकाठमाडौ, ६ भदौ(ओएनएस) : गयराती सम्पन्न खेलहरूपछि लेष्टर सिटी बारक्ले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनह्याम हटस्पुरसँग १-१ को बराबरी खेलेपछि लेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो । यस्तै, न्यु क्यासल युनाइटेडसँग गोलरहित बराबरी खेल्दै म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा पुगेको छ ।

लेष्टर र टोटेनह्यामको खेलमा टोटेनह्यामले ८१ औ मिनेटमा देले अल्लीको गोलमा अग्रता लिएको थियो तर, उक्त अग्रता १ मिनेट पनि टिक्न सकेन । लेष्टरसिटीका रियाद महरेजले ८२ औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए र खेल १-१ गोलअन्तरमा नै सिमित भयो ।

गयराती सम्पन्न खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई २-१ गोलअन्तरले पराजित गरेको थियो भने एएफसी बोर्नमाउथले वेष्ट ह्याम युनाइटेडलाई ४-३ गोलअन्तरले पराजित गरेको थियो । यस्तै, अन्य खेलमा नर्विच सिटी र स्टोक सिटीले १-१, सन्डरल्याण्ड र स्वान्सी सिटीले १-१ गोलअन्तरको बराबरी खेलेका थिए ।


  •  
  •  
  •