मेस्सीको गोलमा बार्सिलोनालाई ला लिगाको उपाधि

360
  •  
  •  
  •  

एजेन्सी- कप्तान लिओनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ला लिगाको उपाधि जिताएका छन् ।

ला लिगा अन्तरर्गत शनिबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले मेस्सीको एकमात्र गोलमा लिभान्टेलाई पराजित गर्दै लिगका ३ खेल अगावै च्याम्पियन बनेको छ ।

दोस्रो हाफको सुरुवातमै मैदान प्रवेश गरेका मेस्सीले ६१औँ मिनेटमा गोल गरेपछि बार्सिलोना उपाधि जित्न सफल भएको हो । अब बाकी रहेका ३ वटै खेल बार्सिलोनाले हारेमा पनि बार्सिलोनालाई फरक पर्ने छैन । बाकि खेल बार्सिलोनाको लागि प्रतिष्ठाको खेल बनेका छन् ।

लिग उपधि पक्का गरिसकेको बार्सिलोनाको दोस्रो स्थानको एट्लेटिको याड्रिड भन्दा ९ अंकले बढी छ । बार्सिलोनाको ३५ खेलबाट ८३ अंक छ भने एट्लेटिको म्याड्रिडको समान खेलबाट ७४ अंक रहेको छ ।

बार्सिलोनाको यो उपाधि पछिल्लो ११ वर्षमा आठौं उपाधि हो भने समग्रमा २६औं उपाधि हो ।


  •  
  •  
  •