लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

374
  •  
  •  
  •  

चैत १ – लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति अन्तिम १६ काे दोस्रो लिगमा बार्सिलोनाले इंलिस क्लब चेल्सीलाई ३–० ले पराजित गर्दै अन्तिम ८ मा पुग्न सफल भएको हो। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा खेल सुरु भएको तेस्रो मिनेटमा नै लुइस स्वारेजको पासमा लियोनल मेस्सीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। निकै नै रोमाञ्चक खेलमा २०औँ मिनेटमा मेस्सीको पासमा डिम्बिलेले बार्सिलोनाका लागि पहिलो गोल गर्न सफल भए। पहिलो हाफ २–० ले सहिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले थप एक गोल गर्यो। खेलको ६३औँ मिनेटमा लुइस स्वारेजकै पासमा मेस्सीले गोलमात्र गरेनन् उनले च्याम्पियन्स लिगमा आफ्नो व्यक्तिगत एक सय गोल पुरा गरे।

चेल्सीले पनि आफ्नो पक्षबाट उत्कृष्ट प्रदर्शन गरेको थियो तर उसका केही प्रहार गोल पोष्टमा लागेर फर्किए भने केही प्रहार बार्सिलोनाका गोलकिपरले विफल पारिदिए। यी दुईबीचको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो। गएरातिको जितसँगै समग्रमा बार्सिलोना ४–१ विजयी भयो।

गएराति नै भएको अर्को खेलमा वार्यन म्युनिखले बेसिक्तासलाई ३–१ ले हराउँदै क्याटरफाइनलमा आफ्नो स्थान प्रवेश गरेको छ। पहिलो लेगको खेल ५–० को फराकिलो अन्तरले जितेको वार्यनले समग्रमा ८–१ जित्न सफल भएको छ।

बार्सा र वार्यनको जितसँगै च्याम्पियन्स लिगको अन्तिम ८ को समिकरण पुरा भएको छ। यी दुईसँगै जुभेन्टस, लिभरपुल, म्यान्चेस्टर सिटी, रियल मड्रिड, रोमा तथा सेभिल्लाले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

सेमिफाइनल खेल तालिकाको ड्र भने शुक्रबार स्विजरल्यान्डको न्योनमा हुनेछ।


  •  
  •  
  •