बार्सिलोनाकाे लिगमा अपराजित यात्रा कायमै

346
  •  
  •  
  •  

फागुन २७- स्पेनिस ला लिगमा बार्सिलोना विजयी भएको छ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले मालागालाई २–० ले पराजित गरेको हो। आफ्ना स्टार खेलाडि लियोनल मेस्सीबिना मैदानमा उत्रेको बार्सिलोनाले सहज जित निकाल्दै लिगमा अपारजित यात्रा कायम राखेको छ। लिगको २८औँ खेल खेल खेल्दै २२ खेलमा जित र ६ खेल बराबरिका साथ अपराजित रहेको छ।

मालागको घरेलु मैदानमा भएको खेलमा लुइस स्वारेज र फिलिपे कोउन्टिन्हाले गोल गरेका थिए। खेलको १५औ मिनेटमा जोर्डि अल्बाको पासमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका थिए। यस्तै डिम्बिलेको पासमा कोउन्टिन्होले २८औँ मिनेटमा गोल गरेपछि घरेलु टोली मालागा २–० ले पछि परेको थियो।

खेलको ३०औँ मिनेटमा मालागाका सामुउल गार्सियाले खराब ट्रयाकल गरेपछि रातो कार्ड पाएपछि मालागा १० खेलाडिमा सिमित भएको थियो। तर बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन। खेलमा अन्य गोल हुन सकेन र बार्सिलोना विजयी भयो।
यस खेलमा मेस्सी सहभागी भएनन्। उनको तेस्रो सन्तान जन्मिएपछि खेलमा उपस्थित हुन नसकेका हुन्।

यस जितसँगै बार्सिलोनाले २८ खेलबाट ७२ अंकसाथ शिर्ष स्थान कायम गरेको छ भने एक खेल कम खेलको एथ्लेटिको मड्रिड ६१ अंक सहित दोस्रो स्थानमा रहेको छ। भने समान खेलबाट ५७ अंकका साथ तेस्रो स्थानमा रहेको छ । यस्तै १३ अंकका साथ मालागा लिगको अन्तिन स्थानमा रहेको छ।


  •  
  •  
  •