लेङलेटको गोलसँगै बार्सिलोनाको कठिन जित

615
  •  
  •  
  •  

१५ कात्तिक: स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोनाले कठिन जित निकालेको छ ।

बुधबार राति तेस्रो डिभिजनको क्लब कल्चरल लियोनीसाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले जितको लागि अन्तिम मिनेटसम्म कुर्नु परेको थियो । प्रिक्वाटरफाइनल प्रवेशका लागि भएको पहिलो लेगमा बार्सिलोनाले आफ्ना पहिलो रोजाईका खेलाडिविना मैदान प्रवेश गरेको थियो । बार्सिलोनाको जितको लागि दोस्रो हाफको थप गरिएको समयमा सब्सिच्युट खेलाडी लेङलेटले हेडमार्फत गोल गर्दै गोल गर्दै बार्सिलोनालाई जित दिलाउन सफल भएका थिए । लगतै कल्चरलका खेलाडिले रातो कार्डको सामना गर्दै बाहिरिएपछि कल्चरल दश खेलाडिमा सिमित भएको थियो ।

त्यसपछि दुबै टिमबाट गोल भएन र बार्सिलोनाले कठिन जित निकाल्न सफल भयो । दोस्रो लेग भने बार्सिलोनाको घरेलु मैदानमा डिसेम्वर ५ तारिखमा हुनेछ ।


  •  
  •  
  •