रियल मड्रिडलाई बार्सिलोनाको झड्का, दूरी ४ अंकले बढ्यो

214
  •  
  •  
  •  

real vs barca1काठमाडौ, ९ चैत(एजेन्सी) : स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको गयराती सम्पन्न खेलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गर्दै दूरी ४ अंकमा पुर्याएको छ ।

बार्सिलोनाका जेरोमी म्याथुले १९ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । लियोनल मेसीको फ्रिकिकमा म्याथुले हेडमार्फत गोल गरेका थिए ।

यस्तै खेलको ३१ औ मिनेटमा करिम बेन्जिमाको पासमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा पुर्याए र पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो ।

real vs barcaदोस्रो हाफमा रियलले बार्सिलोनालाई केहि दबाबमा राखेपनि खेलको ५६ औ मिनेटमा लुइस स्वराजले गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्याए । ड्यानी अल्भेसको पासमा स्वराजले गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भए ।

बार्सिलोनाले केही आक्रमण गरेपनि रियलका इकार कासिलासले विफल तुल्याइदिएका थिए । उनले मेसी र अल्बाको उत्कृष्ट प्रहारलाई निस्तेज पार्दै खेलमा बार्सिलोनालाई थप गोल गर्ने मौका भने दिएनन् ।

जितपछि बार्सिलोनाको २८ खेलबाट ६८ अंक भएको छ भने समान खेल खेलेको रियल मड्रिड ६४ अंकका साथ दोस्रो स्थानमा छ ।


  •  
  •  
  •